विश्व

अफगान सेनाको कारबाहीमा १० तालिबानी लडाकूको मृत्यु

इकागज |
असार ५, २०७८ शनिबार ५:५९ बजे

सांकेतिक तस्बिर

काबुल : अफगान सेनाले गरेको कारबाहीमा राजधानी काबुल नजिक दश जना तालिबानी लडाकू मारिएका छन् ।

अफगान सेनाले कारबाहीमा अरु छ जना लडाकू घाइते भएको पुष्टि गरेको छ । राजधानी काबुलबाट ३५ किलोमिटर पश्चिमको वार्डाक प्रान्तमा लुकेर बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार बेलुका कारबाही गरिएको सेनाले जनाएको छ ।


सेनाले प्रकाशन गरेको विज्ञप्तिमा वार्डुक प्रान्तको निर्ख जिल्लामा भेला हुन थालेका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले आक्रमण गरेको उल्लेख छ ।

गत मे महिनामा भिषण संघर्षपछि निर्ख र त्यसको छिमेकी जलरेज जिल्लालाई तालिबान समूहले नियन्त्रणमा लिएका थिए । तालिबान समूहले पछिल्लो भिडन्तका बारेमा केही बताएका छैनन् ।

संयुक्तराज्य अमेरिका र नेटोका सेनाहरु अफगानिस्तानबाट फिर्ता हुँदै गर्दा देशका विभिन्न भागमा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् । (सिन्ह्वा)


Author

थप समाचार
x