विश्व

भारतमा दैनिक कोभिड सङ्क्रमितको सङ्ख्या घट्दो

इकागज |
असार ५, २०७८ शनिवार १३:१५ बजे

नयाँ दिल्ली : भारतमा कोभिड संक्रमण हुनेहरूको संख्‍यामा कमी हुदै आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कम हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । 

मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना सङ्क्रमित भएका छन् ।   पछिल्ला तथ्याङ्कलाई हेर्दा दैनिक सङ्क्रमितको सङ्ख्यामा २.९८ प्रतिशतको दरले कमी हुदै आएको मन्त्रालयले शनिबार जनाएको छ ।


भारतमा पछिल्लो २४ घण्टामा एक हजार ६४७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको देखिएको छ । त्यसैगरी सोही अवधिमा कुल ९७ हजार ७४३ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
  
भारतमा अहिलेसम्म कुल दुई करोड ९८ लाख २३ हजार ५४६ जना सङ्क्रमित भएका छन् । ती मध्ये सात लाख ६० हजार १९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको पाइएको छ । सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ८६ लाख ७८ हजार ३९० रहेको छ । रासस
 


Author

थप समाचार
x