विश्व

ब्राजिलमा कोभिड-१९ का कारण ५ लाखभन्दा बढीको मृत्यु, करिब २ करोड संक्रमित

इकागज |
असार ६, २०७८ आइतवार २१:५६ बजे

एजेन्सी : दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोभिड–१९ सङ्क्रमित पाँच लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । विश्वमा कोभिड–१९ बाट धेरैको ज्यान जाने देशको सूचिमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा ब्राजिलमा आउँदा दिनमा अझै थप गम्भीर स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी विज्ञले दिएका छन् । राष्ट्रपति जायर बोल्सोनारोले सामाजिक दूरीसहितका सावधानीका उपायहरु अस्वीकार गर्दै जाँदा ब्राजिलमा संक्रमण फैलिरहेको छ । ब्राजिलमा अहिलेसम्म मात्रै १५ प्रतिशत वयश्कहरुले पूर्णरुपमा खोप लगाएका छन् ।


ब्राजिलमा सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन गरेका प्रयासका पर्याप्त नभएको भन्दै आलोचना हुने गरेको छ । यस सम्बन्धमा संसदले अनुसन्धान गरिरहेको छ ।  ब्राजिलमा कुल संक्रमितको संख्या एक करोड ७८ लाख ८३ हजारभन्दा बढि पुगेको छ । 


Author

थप समाचार
x