जापानमा फेरि स्वास्थ्य संकटकाल घोषणा हुनसक्ने स्वास्थ्य मन्त्रीको चेतावनी
टोकियो : जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताएका छन् । उनेले कोभिड महामारी अपेक्षित रूपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि सङ्कटकाल लगाउन पर्न सक्ने शुक्रबार बताए ।
जापानको राजधानी समेत पर्ने टोकियो महानगरपालिका भित्र मात्रै बिहीबार एक दिनमा ५७० जना नयाँ सङ्क्रमित भेटिएका छन् । टोकियोमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढ्दै गएकाले फेरि सङ्टकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए । अहिलेको अवस्था हेर्दा सङ्क्रमितको सङ्ख्या थप बढ्दै जाने देखिएको पनि उनले पत्रकारहरुलाई जानकारी दिए । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया