विश्व

जापानमा फेरि स्वास्थ्य संकटकाल घोषणा हुनसक्ने

इकागज |
असार ११, २०७८ शुक्रबार २२:१३ बजे

टोकियो : जापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने संभावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक संकटकाल घोषणा गर्न सक्ने बताएका छन् ।

उनले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि संकटकाल लगाउन पर्न सक्ने शुक्रबार बताए । जापानको राजधानीसमेत पर्ने टोकियो महानगरपालिका भित्र मात्रै बिहीबार एक दिनमा ५७० जना नयाँ सङ्क्रमित भेटिएका छन् ।  


टोकियोमा दैनिक संक्रमितको सङ्ख्या फेरि बढ्दै गएकाले फेरि संकटकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए । अहिलेको अवस्था हेर्दा सङ्क्रमितको सङ्ख्या थप बढ्दै जाने देखिएको पनि उहाँले पत्रकारहरुलाई जानकारी दिए । 


Author

थप समाचार
x