आप्रवासीबारे समान धारणा बनाउन राष्ट्रसंघका महासचिवको आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आप्रवासीबारेमा समान धारणा निर्माण गरेर अघि बढ्न युरोपेली युनियनका सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् । राष्ट्रसंघका महासचिव गुटर्रेसले बिहीबार युरोपेली संसद्को एक अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले आप्रवासीका समस्याहरूका बारेमा पनि युरोपेली देशका प्राय सबै सदस्य राष्ट्रहरूले समाधान धारणा बनाउन र ती समस्याको समाधानका लागि संयुक्त रुपमा लाग्न सो आग्रह गरेका थिए । उनको सो सम्बोधनका क्रममा भनेका थिए- 'मलाई लाग्दछ कि आगामी दिनमा युरोपका राष्ट्रहरूले आप्रवासीका विषयमा आवश्यक पर्ने नीति निर्माण गर्न र यहाँका यस क्षेत्रका समस्या समाधान गर्नका लागि पनि एकताबद्ध भएर लाग्नुपर्दछ ।'
यस क्षेत्रमा आप्रवासीहरूका विषयमा धेरै समस्या रहेकाले ती समस्याहरूलाई कुनै एउटा मात्र देशले समाधान गर्न नसक्ने भएकाले आवश्यक नीति निर्माण गरेर अघि बढ्न उनले आग्रह गरेका थिए । उनले आफूले पोर्चुगलको प्रधानमन्त्री एवं संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको रुपमा गरेको कामको अनुभवबाट यो सुझाव पेश गरेको पनि महासचिव एन्टोनियो गुटर्रेसले त्यस अवसरमा भनेका थिए । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया