विश्व

बङगलादेशमा विस्फोटनमा सातको मृत्यु

इकागज |
असार १४, २०७८ सोमबार २०:३४ बजे

ढाका : बङ्लादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यवसायीक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

बङ्गलादेशको राजधानी ढाकामा भएको घटनामा परी घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । विस्फोटनको ठोस कारण अहिलेसमम पनि नखुलेको र अनुसन्धान भइरहेको ढाकाका प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । 


ढाका महानगरीय प्रहरीका आयुक्त शाफिक्‍वाल इस्लामले घटनामा परी सात जनाको मृत्यु भएको पुष्टि गरे । दुर्घटनामा परी घाइते भएका ५० जनामध्ये केहीको अवस्था गम्भीर रहेको उपचारमा संलग्‍न स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् ।

व्यवसायीक भवनमा भएको विस्फोटनका कारण सँगै रहेका अन्य भवनहरूमा पनि क्षती पुगेको पाइएको छ । दुई ओटा बस भने अधिकांश क्षती भएको छ ।  घटनाका बारेमा अनुसन्धान गर्न सरकारी तवरबाट पाँच सदस्यीय छानबिन समिति गठन गरिएको अधिकारीहरूले जनाएका छन् । (रासस)
 


Author

थप समाचार
x