विश्व

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली राष्ट्रपतिबीच भेटवार्ता

इकागज |
असार १५, २०७८ मगलवार १५:३ बजे

फाइल तस्‍बिर

वासिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली राष्ट्रपति रेभन रिभलिनबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार ह्वाइट हाउसमा इजरायली राष्ट्रपति रिभलिनसँग गरेका हुन् । उनीहरूबीच अमेरिका र इजरायलबीचको द्विपक्षीय हितका साथै अन्य कूटनीतिक विषयहरूमा कुराकानी भएको बताइएको छ ।

हाल इजरायलका राष्ट्रपति रिभलिन अमेरिकाको भ्रमणमा रहेका छ । सो भेटका क्रममा उनीहरूबीचमा इरानका विषयमा पनि कुरा भएको थियो । इरानले कुनै पनि हालतमा आणविक हतियार नपाउने विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली राष्ट्रपतिलाई सुनिश्चित गराएका थिए ।


त्यस भेटका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटलाई छिट्टै नै अमेरिका भ्रमणका लागि आमन्त्रण गर्ने जानकारी पनि दिका थिए । त्यस क्रममा उनले यस क्षेत्रमा इजरायलको अरु देशहरूसँगको सम्बन्धलाई सामान्य बनाउने विषयमा पनि कुराकानी गरेका थिए । अमेरिकाले सो कार्यका लागि इजरायललाई सहयोग गर्ने पनि बताएका थिए।

उनको आगामी महिना राष्ट्रपति पदको कार्यकाल सकिन लागेको छ । त्यस अगावै उनी अहिले अमेरिकाको भ्रमणमा रहेका छन्।  इजरायलमा राष्ट्रपतिको पद आलंकारिक रहन्छ । त्यहाँ राष्ट्रपतिको कार्यकारी अधिकार थोरै मात्र रहेको छ ।


Author

थप समाचार
x