विश्व

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पूरा, अब के चाहन्छ चीन ?

इकागज |
असार १७, २०७८ बिहीबार २१:५० बजे

बेइजिङ : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को स्थापनाको १०० औँ बर्ष पूरा भएको अवसरमा चीनको राजधानी बेइजिङमा भब्य समारोहका साथ सीपीसीले स्थापना दिवस मनाएको छ । यो अवसरमा सम्बोधन गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव सी चिङफिङले चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने बताए । 

बिहीबार बिहान राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै महासचिव सीले कुनै पनि विदेशी तागतले आफुहरुलाई धम्क्याउने, उत्पीडित गर्ने र आफ्नो वशमा पार्न नसक्ने बताए । सीपीसीका महासचिवसमेत रहेका राष्ट्रपति सीले आफुहरुले शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने बताउँदै चीनलाई धम्क्याउन खोज्ने शक्तिसँग चीन नतर्सिने चेतावनी दिए ।


उनले भने,'जो कोहीले चीनलाई दबाउने दृष्टि राख्छ वा कोशिस गर्छ भने उसले अर्ब अर्ब ४० करोडभन्दा बढी चिनियाँ जनताले तयार पार्ने विशाल फलामे पर्खालसँग टक्कराउनुपर्नेछ । उनीहरु धुलोपिठो बन्नेछन् ।'

चीनको राष्ट्रपतिसमेत रहेका सीले आफुहरुले कुनै पनि देशलाई दुःख दिने, सताउने या अधिनमा पार्ने काम कहिल्यै नगरेको र नगर्ने स्पष्ट बताए । उनले भने,'चीन सधैं विश्वमा शान्ति स्थापना गर्न, विश्वव्यापी विकासमा योगदान गर्न एवं विश्व व्यस्थालाई जोगाउन र साझा भविष्यका साथ मानव समुदायको सर्वोपरी हितका लागि निरन्तर काम गर्न चाहन्छ ।' 


Author

थप समाचार
x