सन् २०२४ मा २८१ सहायताकर्मीको मृत्यु भएको राष्ट्रसङ्घद्वारा पुष्टि
जेनेभा- सन् २०२४ लाई मानवीय सहायताका लागि सबैभन्दा घातक वर्ष घोषणा गरिएको संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले शुक्रबार बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले भने,“मानवीय सहायताकर्मीहरू अकल्पनीय दरमा मारिएका छन्, उनीहरूको साहस र मानवतालाई गोली र बमको निशाना बनाइएको छ ।”
सन् २०२३ मा ३३ देशमा २८० जना मानवीय सहायताकर्मीको मृत्यु भएको थियो तर सन् २०२४ सकिन करिब एक महिना बाँकी रहँदा २८१ मानवीय सहायताकर्मीको मृत्यु भइसकेको छ ।
फ्लेचरले भने,“यो हिंसा सहायता अभियानका लागि अकल्पनीय र विनाशकारी छ ।”
“द्वन्द्वरत राष्ट्र र पक्षहरूले मानवताको रक्षा गर्नुपर्छ, अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्छ, यस्ता हिंसात्मक घटनाका लागि जिम्मेवारहरूलाई कारबाही गर्नुपर्छ र दण्डहीनताको युगको लागि आह्वान गर्नुपर्दछ ।”
गाजामा इजरायलको विनाशकारी युद्धका कारण सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएका तीन जना सहायताकर्मीको मृत्यु भएको उनको कार्यालयले जनाएको छ ।
यसैबीच, ओसीएचएका प्रवक्ता जेन्स लार्र्कले जेनेभामा पत्रकारसँग कुरा गर्दै युएनआरडब्लुएका २४३ जना कर्मचारीको मृत्यु भएको बताए ।
गाजाबाहेक अफगानिस्तान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र युक्रेनलगायत विभिन्न देशमा सहायताकर्मीहरू अपहरण, चोटपटक, उत्पीडन र स्वेच्छाचारी रूपले हिरासतमा राखिएको एजेन्सीले जनाएको छ ।
फ्लेचरको कार्यालयले एक विज्ञप्तिमार्फत् दिएको जानकारीअनुसार मृत्यु हुनेमा अधिकांश गैरसरकारी संस्था, संयुक्त राष्ट्रसङ्घका निकाय र रेडक्रसको रेड क्रिसेन्ट अभियानमा कार्यरत स्थानीय कर्मचारी रहेका छन् ।
“मानवीय सहायताकर्मीहरूविरुद्ध हुने हिंसा द्वन्द्वग्रस्त क्षेत्रमा सर्वसाधारणलाई हानि पु¥याउने व्यापक प्रवृत्तिको एक हिस्सा हो,” विज्ञप्तिमा भनिएको छ।
फ्लेचरले भने, “सन् २०२३ मा १४ वटा देशका सशस्त्र द्वन्द्वमा ३३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको थियो । यो सन् २०२२ को तुलनामा ७२ प्रतिशतले बढी हो ।”
ओसीएचएका प्रवक्ता लार्र्कले मानवतावीय सहयोगका लागि खटिने व्यक्तिको हत्याको उच्च सङ्ख्या हुनुले आफुलाई बिचलित बनाएको बताए ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत मे महिनामा सहायताकर्मीहरूविरुद्ध बढ्दो हिंसा र धम्कीको प्रतिक्रियास्वरूप एक प्रस्ताव पारित गरेको थियो।
अर्को हप्ता हुने परिषद्को बैठकमा प्रस्तुत हुने संयुक्त राष्ट्रसङ्घका प्रमुखसँग यस्ता घटनाको नियन्त्रण र प्रतिकार्यका उपाय तथा मानवीय कर्मचारीको सुरक्षा र दुव्र्यवहारका लागि जवाफदेहीता बढाउने उपायका बारेमा सुझाव माग गरिएको छ । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया