विश्व

बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

इकागज |
मंसिर ८, २०८१ शनिबार २१:३७ बजे

काठमाडौँ - राजधानीको मुटुमा भएको इजरायली हवाई आक्रमणले शनिबार कम्तिमा ११ जनाको मृत्यु भएको लेबनानले जनाएको छ । 

इजरायली सेनाले क्षेत्र खाली गर्न आह्वान गरेपछि बेरुतमा आक्रमण भएको भएको थियो ।  


इजरायलले भने हाल सम्म  बेरुतमा भएको आक्रमण बारे कुनै टिप्पणी गरेको छैन । 

शनिबार बिहान यस क्षेत्रमा उद्धार कार्य चलिरहेको थियो, उद्धारकर्ताहरू भग्नावशेष हटाइ नागरिक सुरक्षामा तैनाथ थिए ।

घटनाको पुष्टि गर्दै लेवनानी स्वास्थ्य मन्त्रालयले ६३ जना घाइते भएको जनाएको छ । “डिएनए परीक्षणपछि मृत्युको अन्तिम सङ्ख्या निर्धारण हुने मन्त्रालयले  विज्ञप्तिमा उल्लेख गरेको छ । 

लेवनानी राष्ट्रिय समाचार एजेन्सीले इजरायली जेट विमानहरूले संरचनामा छ वटा क्षेप्यास्त्र प्रहार गरेको र नजिकैका भवनहरूमा व्यापक विनाश गरेको जनाएको छ ।

इजरायली सेनाले “धेरै हिजबुल्लाह कमान्ड सेन्टरहरूसहित सहरको दक्षिणी उपनगरहरूमा आक्रमण गरेको बताएको छ ।

इजरायलले सेप्टेम्बरको अन्त्यमा इरान समर्थित समूह विरुद्ध आफ्नो अभियानलाई अगाडि बढाएको थियो ।


Author

थप समाचार
x