विश्व

कोभिड– १९ अपडेट

भारतमा थप ४४ हजार १११ नयाँ संक्रमित, ७३८ जनाको मृत्यु

इकागज |
असार १९, २०७८ शनिबार १३:४४ बजे

नयाँ दिल्ली : भारतमा कोभिड-१९ बाट थप ४४ हजार १११ जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोभिड कारण ७३८ जनाको मृत्यु भएको हो । 

सोही अवधिमा ५७ हजार ४७७ जना कोभिड संक्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ संक्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिदै गएको छ । संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै हुँदा संक्रमित अवस्थामै रहेका संक्रमितहरूको सङ्ख्या पनि कम हुँदै गएको छ । 


भारतमा अहिले सक्रिय संक्रमितहरुको सङ्ख्या ९७ दिनपछिको सवैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले चार लाख ९५ हजार ५३३ जना कोभिडबाट संक्रमित अवस्थामा रहेका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या तीन करोड पाँच लाख दुई हजार ३६२ पुगेको छ । 

कुल सङ्क्रमित मध्ये दुई करोड ९६ लाख पाँच हजार ७७९ जना कोभिडबाट मुक्त भएका छन् भने चार लाख एक हजार ५० जना कोरोनाभाइरसबाट पराजित भएर जीवन गुमाएका छन् । यसरी हेर्दा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.०६ प्रतिशत रहेको छ । यो अुनपात पछिल्लो समय बढ्दै गइरहेको पाइएको छ ।


Author

थप समाचार
x