विश्व

क्यानडाको आगलागीमा सात पाकिस्तानीको मृत्यु

इकागज |
असार २१, २०७८ सोमबार ६:० बजे

सांकेतिक तस्बिर

इस्लामावाद : ओटावा शहरमा क्यानाडा उत्सवपछि एक घरमा आगलागी हुँदा कम्तीमा चार बच्चासहित सात पाकिस्तानीको मृत्यु भएको छ ।

क्यानाडाको प्रहरीलाई उद्धृत गर्दै न्यूज इन्टरनशनले सम्प्रेषण गरेको समाचार अनुसार क्यानाडा दिवसको दिन आइतबार क्यालगारीको पूर्वमा रहेको चेस्टमेरस्थित एक आवासीय घरमा क्यानाडा दिवसको उपलक्षमा एक समारोहपछि बिहान करिब २:३० बजेतिर आगलागी भएको र तीन वयस्क र चार बालबालिका गरी सात जनाको मृत्यु भएको हो । 


मृत्यु हुनेमा १२ बर्ष मुनिका बालबालिका रहेको प्रहरी अधिकृत ट्यामी कैबेलले बताए । 

उक्त आगलागीमा एक बयस्क र चार बालबालिकाले भागेर जीवन बचाउन सफल भएका घर धनी अमजाद कमलले बताए । आगलागीको कारणबारे अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ । (एएन्आई)


Author

थप समाचार
x