विश्व

कोभिडबाट अत्यन्त प्रभावित बीस देश, कहाँ कति संक्रमित र मृतक ?

इकागज |
असार २१, २०७८ सोमबार १७:२५ बजे

इकागज इन्‍फोग्राफ्‍स ।

बेइजिङ : जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ३७ लाख ८४ हजार ९६७ जना रहेका छन् । कोभिड सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ७७ हजार ६० जनाको मृत्यु भएको छ । 

विश्वभर तीन अर्ब १९ करोड २४ लाख ७६ हजार २१६ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्ब २९ करोड ६० लाख ३७ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको छ  ।  भारतमा  ३५ करोड २८ लाख ९२ हजार ४६ डोज खोप लगाइएको छ ।  अमेरिकामा  ३२ करोड ९५ लाख ८१ हजार ४०० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा नौ करोड ८३ लाख ३० हजार ६२ डोज लगाइएको छ  ।


बेलायतमा सात करोड ९५ लाख ४३ हजार २३५ डोज खोप लगाइएको छ । जर्मनी सात करोड ५७ लाख ८१ हजार ४०४ डोज खोप लगाइएको छ । सो विश्वविद्यालयले जुलाई ५ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । रासस


Author

थप समाचार
x