चिनियाँ राष्ट्रपति सी चिनफिङ मुख्य वक्ता रहेको 'विश्वका राजनीतिक दल सम्मेलन' सुरु
काठमाडौँ : चिनियाँ राष्ट्रपति सी चिनफिङ मुख्य वक्ता रहेको 'विश्वका राजनीतिक दल सम्मेलन' सुरु भएको छ । आधाघण्टा ढिलो गरी ६ बजेदेखि उक्त सम्मेलन सुरु भएको हो । जसमा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।
सम्मेलनमा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी इतरका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन् । कम्युनिस्ट नेताहरूकै सहभागीता बढी रहेको उक्त सम्मेलनमाकांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजावादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपाबाट पशुपति शम्शेर राणालगायत छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को स्थापनाको एक सय वर्ष पुगेको अवसरमा नेपाललगायत विश्वका नेताहरूसँग अन्तरक्रिया गर्ने क्रममा नेपाली नेताहरू पनि सहभागी भएका हुन् । नेपालबाट अन्तरक्रियामा कम्युनिस्ट पार्टीहरूको अलवा अन्य राजनीतिक दलबाट पनि सहभागीता छ ।
चीनले सीपीसी स्थापनाको एक सयौं वर्षगाँठलाई उत्सवको रूपमा मनाइरहेको अवस्थामा यो छलफल जुरेको हो । कोभिड-१९ नभएको भए चीनले सयौँ नेतालाई बेइजिङमा उतारेर भव्य सम्मेलन गर्ने तयारी गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया