विश्व

विश्‍वभर तीन अर्ब २६ करोड डोज कोभिड खोप लगाइयो

इकागज |
असार २३, २०७८ बुधबार १४:२६ बजे

काठमाडौँ :  विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । कोभिडविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ३१ करोड ८४ लाख १७ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको छ ।

भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड २ लाख १४ हजार ७३२ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड १३ लाख ९४ हजार ६५० डोज कोभिड भाइरसविरुद्ध लगाइएको छ ।


बेलायतमा सात करोड ९९ लाख ७० हजार २ डोज कोभिड भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ७८ लाख ८२ हजार ४१४ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७२ लाख ६९ हजार १५८ डोज कोभिड भाइरसविरुद्ध खोप लगाइएको छ ।

इटाली पाँच करोड ६१ लाख ५६ हजार १०८ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । टर्कीमा पाँच करोड ४६ लाख ५६ हजार १५ डोज कोभिड भाइरसविरुद्ध खोप लगाइएको छ । जापान पाँच करोड ८ लाख ७० हजार ९६३ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । एएफपी


Author

थप समाचार
x