ओलम्पिकमा होमियो जापान
उपयोगहीन वस्तुबाट सजावट, कवाडमा सुनको लेप लगाएका मेडल
काठमाडौँ - दुई सातापछि अर्थात् साउन ८ बाट सुरु हुने गृष्मकालीन ओलम्पिकका लागि आवश्यक सवै तयारी जापानले पूरा गरेको छ । राजनीतिक, वातावरणीय, स्वास्थ्य र अन्य सवै पाटोलाई ध्यानमा राखेर जापानले कोभिड-१९ महामारीकै समयमा ओलम्पिक गर्न लागेको हो ।
जापानलाई यो ओलम्पिक गर्न कुनै समस्या थिएन तर कोभिड-१९का कारण यो ओलम्पिक कसरी सम्पन्न होला भन्नेमा विश्वको ध्यान छ । जापानको छिमेकी अर्थात् अर्को उदाउँदो शक्ति चीनले २००८ मा ओलम्पिक गर्दाको जस्तो उत्साह यसपटक नभए पनि जापानले यसलाई मौलिकता दिने प्रयास गरिरहेको छ । जापानले पश्चिमा मुलुकहरूले उठाउँदै आएको पर्यावरणको मुद्दालाई यहाँ प्रयोग गरेको छ । उदाउँदो शक्तिले परम्परागत शक्तिबारे चासो राख्ने हुनाले पनि जापान यसपटक दबाबमा छ । विश्वको चासो राजनीतिक नै हुन्छ तर जाेड्ने अनेकन मुद्दाहरू हुन्छन् ।
यतिबेला जापान असजिलो परिस्थितिमा छ । किनकि ओकोभिड-१९ को पनि व्यवस्थापन गरेर खेल खेलाउन जापानले सकेन भन्ने प्रश्न आउँछ भन्ने छ । यदि जापानले खेल खेलाए पनि यस्तो महामारीबीचमा किन खेल खेलायो भन्ने अर्को प्रश्न आउने देखिन्छ । टोकियोमा ८ देखि २४ साउनसम्म आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगितामा सहभागि हुन नेपालबाट पनि खेलाडी जानेछन् । उनीहरुले पक्कै त्यहाँको वास्तविकता बुझेर नै जानकारी दिनेछन् । खेलकुद आफैँमा राज्य नेतृत्वको दृष्टिबाट सफ्ट कूटनीति पनि हो । त्यो विषयमा जापान जानकार रहेको जानकारी दिँदै आएका छन् ।
जापानी विदेशमन्त्रालयले आयोजना गरेको 'टाेक्याे -२०२० र यसकाे वातावरणीय जनचेतनाका साथै मेडल परियोजना, स्टडियम, ओलम्पिक-प्याराओलम्पिक र दिगोपना' नामक वेविनारमा ओलम्पिक समितिमा कार्यरत जापानी अधिकारीले भनिन् ,'जपान वातावरणको विषय, खेलाडीको स्वास्थ्यमा गम्भीर छ । त्यसैले हामीले सबै पाटोलाई ध्यान दिएर पाँच पिल्लरमा १७ दिगो लक्ष्य हित काम गरेका छौँ ।'
आर्ता युकी, टोकियो ओलम्पिक आयोजक समितिमा कार्यरत
जापानले वातावरणलाई ध्यानमा राखेर उपयोग भइसकेका र फालिएका मोबाइल फोन, उपयोगहीन लगायत कवाडी वस्तुलाई प्रयोग गरेर मेडल र सजावटका समान बनाएको जानकारी दिएको छ । मेडलका लागि जापानले ३२ किलोग्राम सुन, ५ हजार ५ सय किलोग्राम चाँदी र २ हजार २ सय किलोग्राम ब्रोन्ज पनि प्रयोगमा ल्याएको जानकारी दिएका थिए । त्यससँगै त्यहाँ बनेका संरचना पनि पुनः उपयोग गर्न सकिन्छ भने प्लास्टिकलाई रिसाइकल गरेर पनि उपयोगमा ल्याइने जानकारी दिइएको छ । त्यसका लागि विभिन्न विद्यालयबाट २० हजार विद्यार्थीलाई यस्ता सामान संकलनमा उपयोग गरेको बताए ।
उनीहरुलाई जम्मा गरेको र प्रयोग भइसकेका सामग्ररीलाई फेरि पनि रिसाइकल गरेर प्रयोगमा ल्याउन लागिएको हो । चोक चौकमा देखिने ओलम्पिक लोगो पनि त्यस्तैबाट बनाइएको हो । यसरी उपयोग भएका समानको विर्सजन र उपयोग विधि यो ओलम्पिकमा सुरु हुनेछ । यसरी जापानले स्वास्थ्यसँगै वातावरणलाई पनि जोड दिएको हो । जापानले राष्ट्र संघीय गोल लक्ष्यलाई पनि आफ्नो अभियानले असर नगरोस्, बढोत्तरी नै होस् भनेर त्यसलाई पनि एक लक्ष्यका रुपमा राखिएको छ । दुई सातापछि जापानमा हुने ओलम्पिकको विषय विश्व राजनीतिका बहस बनिरहेको छ । तर, जापानले ओलम्पिकको तयारी भने तरिकाले गरिरहेकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया