विश्व

भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु

इकागज |
माघ २६, २०८१ शनिबार ६:३७ बजे

सांकेतिक तस्बिर

नयाँदिल्ली- भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा शुक्रबार एउटा पटाखा कारखानामा भएको भीषण विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ५५ किलोमिटर उत्तरमा रहेको नादिया जिल्लाको कल्याणी क्षेत्रमा विस्फोट भएको हो ।


“उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको  छ,” एक प्रहरी अधिकारीले बताए । “एक महिलालाई घाइते अवस्थामा उद्धार गरी तत्काल अस्पताल लगिएको छ ।”

विस्फोटका कारण कारखानामा ठूलो आगो लागेको प्रहरीले जनाएको छ ।

आगो निभाउन र नजिकैको क्षेत्रमा फैलिन नदिन तत्काल दमकललाई घटनास्थलमा पुर्याएको प्रहरीले जनाएको छ ।

विस्फोटको कारण तत्काल थाहा हुन सकेको छैन । प्रहरीले उक्त दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।

भारतीय पटाखा कारखाना र पसलहरूमा आकस्मिक विस्फोटहरू सामान्य छन् । मालिकहरूले सामान्यतया सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्छन् । सिन्ह्वा)


Author

थप समाचार
x