१२ वर्षपछि नेतान्याहुले प्रधानमन्त्री निवास छाडे
इजरायल : इजरायलका निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले झण्डै १२ वर्षपछि प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् । इजरायलको राजधानी जेरुसेलमको बाल्फोर सडकमा रहेको प्रधानमन्त्री निवास उनले सपरिवार खाली गरेका हुन्
प्रधानमन्त्री निवासबाट नेतान्याहुको सपरिवार बहिर्गमनको विषयलाई स्थानीय सञ्चार माध्यमहरुले आइतबार खुवै महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । प्रधानमन्त्री निवासबाट केही सामानहरुसहित ट्रकहरु बाहिरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ती ट्रकहरु शनिबार बेलुकादेखि नै बाहिरिएको देखिएको थियो ।
प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अहिले उनी देशको प्रमुख विपक्षी दलको नेता बनेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री निवासबाट निस्केपछि उनी शाब्बातमा रहेको उनकै आफ्नै घरमा बस्न लागेका हुन् ।
प्रधानमन्त्री पदबाट मुक्त भएको झण्डै एक महिनापछि उनी प्रधानमन्त्री बस्ने सरकारी निवासबाट बाहिरिएका हुन् ।
विषेश एक सम्झौतापछि उनको सट्टामा इजरायलमा अहिले नाफ्ताली बेन्नेट प्रधानमन्त्री बनेका छन्। उनले यही जुन १३ मा प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेका थिए । (एएनआई)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया