कोभिड-१९ महामारी : 'भारतमा अझै १०० देखि १२५ दिन गाह्रो'
एजेन्सी : भारतमा कोभिड-१९ महामारीविरुद्ध लड्न अझै १०० देखि १२५ दिन गाह्रो रहेको विश्लेषण गरिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा आगामी केही समय अझै पनि खतरापूर्ण अवस्था रहेको जानकारी दिइएको हो ।
'सङ्क्रमितहरुको सङ्ख्या त दिनप्रति दिन घट्दै गइरहेको छ, तर पूर्ण रुपमा न्यूनीकरण भइसकेको अवस्था भने छैन, अझै पनि खतरापूर्ण अवस्था नै रहेको छ', नीति आयोगका सदस्य डा. भि के पौलले भने ।
उनले खोपको प्रभावकारिता बढी रहेको भए पनि प्रहरीहरु उच्च जोखिममा रहेको पनि पत्रकारलाई जानकारी दिए । महामारीको दोस्रो चरणको बेलामा दुवै खोप लगाएकाहरुको जीवन जोगाउन खोप ९५ प्रतिशत सफल भएको पाइएको छ । 'एउटा मात्रै खोप लगाएकालाई भने ८२ प्रतिशतसम्म खोप उपलब्धीमूलक भएको पाइएको छ', डा पौलले भने ।
जुलाई महिना भित्रमा ५० करोड खोप लगाइसक्ने योजना रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । खोप लगाएकाहरुको सङ्ख्या बढ्दै गएकाले विस्तारै महामारी न्यूनीकरण हुँदै जाने अपेक्षा गरिएको छ । सरकारले कोभिसिल्ड र कोभ्याक्सीनको ६६ करोड मात्रा खोप मगाइसकिएको जनाएको छ । त्यसैगरी २२ करोड खोप नीजि क्षेत्रले उपलब्ध गराउने निर्णय पनि भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया