प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई
फाइल तस्बिर
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवालाई संघीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका हुन् ।
प्रधानमन्त्री खानले आज बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक सम्बन्ध अझ प्रगाढ बनाइने जनाएका छन् । उनले साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास पनि व्यक्त गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया