विश्व

भारतमा थप ४२ हजार १५ नयाँ सङ्क्रमित

इकागज |
साउन ६, २०७८ २१:२२ बजे

नयाँदिल्ली - भारतमा कोभिड-१९ बाट नयाँ ४२ हजार १५ जना सङ्क्रमित भएका संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १२ लाख १६ हजार भन्दा बढी पुगेको छ । 

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ७ हजार १७० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ४८९ जनाको मृत्यु भएको छ ।  


ADVERTISEMENT

तर महाराष्ट्र राज्यले कोरोना सङ्क्रमणका कारण पहिले नै ज्यान गुमाएका तर तथ्याङ्कमा छुटेका व्यक्तिको नाम दिएको हुनाले गत २४ घण्टामा कोरोना सङ्क्रमितको कारण मृत्यु भएकाको संख्या तीन हजार ९९८ भएको  मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

कोभिडबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १८ हजार ४८० पुगेको पनि सो मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३६ हजार ९७७ कोरोना मुक्त भएपछि भारतमा तीन करोड ३ लाख ९० हजार ७१० व्यक्ति कोरोना मुक्त भएका छन् । 

भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ९१ लाख ५३ हजार २७३ जनाको स्वाब परीक्षण गरिएको छ ।  त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड ५४ लाख ७२ हजार ४५५ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।  (रासस)
 



Author

थप समाचार