विश्व

नेदरल्याण्डद्वारा टिकटकविरुद्ध सात लाख ५० हजार यूरो जरिवानाको घोषणा

इकागज |
साउन ७, २०७८ बिहिवार २१:२ बजे

हेग - नेदरल्याण्डका तथ्याङ्क सुरक्षा अधिकारीहरूले साना बच्चाहरूको गोपनीयता उल्लङ्घन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार यूरो बराबरको जरिवानाको घोषणा गरेका छन् । नेदरल्याण्ड तथ्याङ्क संरक्षण प्राधिकरणले भनेको छ, “टिकटकको एप स्थापनासम्बन्धी जानकारी अङ्ग्रेजीमा रहेको र डच बच्चा तथाहरूले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएको बताइएको छ ।

“टिकटकको व्यवस्थापनले गोपनियतासम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्याङ्क कसरी एपले सङ्कलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ,” डीपीएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


“यो गोपनीयता कानूनको उल्लङ्घन हो, जुन यो सिद्धान्तमा आधारित छ कि मानिसहरूलाई उनीहरूको व्यक्तिगत तथ्याङक के भइरहेको छ भन्ने बारे स्पष्ट जानकारी दिनुपर्दछ,” डीपीएका अधिकारीले भनेका छन् । 

तथ्याङ्क संरक्षणसम्बन्धी अनुगमनकारी संस्थाले नेदरल्याण्ड्समा तीन करोड ५० लाख टिकटक प्रयोगकर्ता रहेको लोकप्रिय सामाजिक सञ्जालमाथि गत बर्ष अनुसन्धान आरम्भ गरेको थियो । यद्यपि डीपीएले तोकेको जरिवाना तिर्न टिकटकले अस्वीकार गरेको छ । 

एएफपीलाई दिइएको बयानमा टिकटकले यसको गोपनीयता नीति र युवा प्रयोगकर्ताहरूको लागि छोटो र बढी पहुँचयोग्य सारांश जुलाई २०२० देखि डच भाषामा उपलब्ध गराएको उल्लेख गरेको छ ।
“डच तथ्याङ्क संरक्षण प्राधिकरणले यो कुराको समाधानका लागि यसपहिले नै सहमति गरेको दावी टिकटकले गरेको छ । 

ईयूले टिकटकको आक्रामक विज्ञापन विधिप्रति चिन्ता व्यक्त गर्दै यसलाई सम्बोधन गर्नुपर्ने कुरा गत मे महिनामा जनाएको थियो । (रासस)
 


Author

थप समाचार
x