विश्व

इक्‍वेडरमा कैदीबीच झडप हुँदा २२ को मृत्य

इकागज |
साउन ८, २०७८ शुक्रबार १३:४३ बजे

काठमाडौँ- दक्षिण अमेरिकी मुलुक इक्‍वेडरका दुई जेलमा बिहीबार कैदीबीच झडप हुँदा २२ जना मारिएका छन् । मृतक सबै कैदी हुन् भने कयौँ प्रहरी पनि घाइते भएका छन् । इक्‍वेडरको राजधानी किटोभन्दा दक्षिण्मा रहेका गुएयाज र कोटोपासी प्रान्तका जेलमा झडप भएका हुन् । 

गत फ्रेबुअरीमा पनि इक्‍वेडरका तीन जेलमा झडप भएका थियो । जसमा परी ७९ ले ज्यान गुमाएका थिए । त्यसबखत झडप भएका जेलहरूमध्ये दुई गुएयाज र कोटोपासी प्रान्तमै रहेका थिए । इक्‍वेडरमा पटक पटक ‘राइभल ग्याङ’ हरूबीच झडप हुने गरेको छ । यसपटक पनि दुई फरक समूह भिडेको बताइएको छ । 


‘माफियाहरूले यो देशलाई नियन्त्रणमा राख्न सक्दैनन् । उनीहरू यदि यस्तो सोच्छन्, त्यो भ्रममा मात्र हो । अहिलेको सरकार पहिलाको जस्ता कमजोर छैन,’ राष्ट्रपति गुईलेर्मो लासोले भनेका छन् । उनले मुलुकभरका सबै जेलमा संकटकाल लगाएका छन् । 

इक्‍वेडरका गृहमन्त्री अलेक्जेन्ड्रा भेलाले झडपमा संलग्न ७८ कैदीलाई नियन्त्रणमा लिएको छ । उनले घाइते भएका ४१ कैदी र पाँच प्रहरीको उद्धार गरिएको पनि जानकारी दिए । रोयटर्सबाट 


Author

थप समाचार
x