विश्व

कोभिड-१९

४२ करोड भारतीय नागरिकले लगाए खोप, पछिल्लो २४ घण्टामा मात्रै खोप लगाउनेको संख्या ५४ लाख ७६ हजार

इकागज |
साउन ८, २०७८ शुक्रबार २०:१६ बजे

सांकेतिक तस्बिर

एजेन्सी - भारतमा अहिलेसम्म ४२ करोड ३४ लाख १७ हजार ३० जनालाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । ती मध्ये ३३ करोड ३९ लाख ४५ हजार १५१ जनाले खोपको पहिलो मात्रा मात्रै लगाएका छन् भने अरु आठ करोड ९४ लाख ७१ हजार ८७९ जनाले दुवै खोप लगाएका छन् । 

भारतमा पछिल्लो २४ घण्टामा देशभरी कुल ५४ लाख ७६ हजार ४२३ जनालाई कोभिड-१९विरुद्धको खोप लगाइएको छ ।


भारतमा कोभिड-१९ बाट थप ३५ हजार ३४२ जना कोभिड-१९बाट संक्रमित भएका छन् । त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार ७४० भन्दा बढी कोभिड-१९बाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन् ।  नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको कुल सङ्ख्या घटेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिले सक्रिय अवस्थामै रहेका संक्रमितहरुको सङ्ख्या चार लाख पाँच हजार ५१३ रहेको छ ।  भारतमा कोभिड-१९बाट कुल मृतकको सङ्ख्या अहिलेसम्म चार लाख १९ हजार ४७० पुगेको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ४८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 


Author

थप समाचार
x