विश्व

'छिमेकीलाई पहिला' नीतिअन्तर्गत बङ्लादेशलाई भारतले दियो अक्सिजन

इकागज |
साउन १०, २०७८ आइतबार २१:१७ बजे

सांकेतिक तस्बिर

एजेन्सी - भारतले 'छिमेकीलाई पहिला' भन्ने नीतिअन्तर्गत बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ । कोभिड-१९ बाट सङ्क्रमित भई गम्भीर बिरामी भएकाहरूलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले उपलब्ध गराइएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् ।  

अक्सिजनको उपलब्धताले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न सहयोग पुग्ने विश्वाससमेत अधिकारीहरूले व्यक्त गरेका छन् । भारतको तर्फबाट छिमेकीलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ अक्सिजन उपलब्ध गराइएको भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् ।



Author

थप समाचार
x