विश्व

अफगानिस्तानमा शान्तिका लागि नयाँ सरकार गठन हुनुपर्ने तालिबान समूहको माग

इकागज |
साउन १०, २०७८ आइतबार २१:३९ बजे

सांकेतिक तस्बिर

एजेन्सी - अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ ।

अमेरिकी सेनाको आगमनसँगै करिब दुई दशकदेखि आफ्ना गतिविधिलाई आफ्नो प्रभाब क्षेत्र र ग्रामिण इलाकामा चलाउँदै आएको तालिबान समूहका एक नेताले एपीसँगको कुराकानीमा तालिवानको चाहना अफगानिस्तानको सत्तामा एकल नेतृत्व नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताए ।


शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हनु पर्ने र राष्ट्रपति अशरफ घानीले पद छोड्नु पर्ने तालिबानले माग गरेको छ । अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) सँगको अन्तर्वार्तामा तालिबानमा प्रवक्ता सुहेल शाहीनले अफगानिस्तानको भविष्यलाई लिएर तालिबानको अडान स्पष्ट पारे । 


Author

थप समाचार
x