विश्व

अफगानिस्तानमा ८९ लडाकू मारिए

इकागज |
साउन ११, २०७८ सोमबार १६:४१ बजे

फाइल तस्‍बिर

काबुल - अफगानिस्तानमा भएका विभिन्नि घटनाहरूमा परी कम्तीमा ८९ तालिवान लडाकू मारिएका छन् । सुरक्षाकर्मीहरूको कारबाहीमा अरु ८२ लडाकु घाइते भएका सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । आइतबार बिहानदेखि सोमबार बिहानसम्मको अवधिमा यी घटनाहरू भएको रक्षा मन्त्रालयले जनाएको छ । 

सुरक्षाकर्मीहरूले देशको कुनार, कान्दाहार, हेरात, फराह, फर्याब, सामान्गन, हेल्मान्ड, निम्रोज, ताखार, कुन्दुज र कापिसा प्रान्तमा सुरक्षा कारबाही गरेका थिए ।  अफगानिस्तानकै घाज्नी प्रान्तअन्तर्गत पर्ने मलिस्तानमा भएको हिंसात्मक घटनामा भने कम्तीमा ४३ आमनागरिक र सुरक्षाकर्मीहरूको मृत्यु भएको छ ।
लडाकूहरूको आक्रमणमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।


'तालिवान लडाकूहरू मालिस्तान जिल्लामा प्रवेश गरी युद्ध अपराध गरी आम नागरिकको हत्या गरेका छन्, हत्या गरिएकाहरु लडाइमा संलग्न थिएनन,' स्थानीय नागरिक अधिकारकर्मी मिना नाडेरीले भने । लडाकूहरूले स्थानीयको सम्पत्ति समेत लुटपाट गरेको र  सर्वसाधारणको वासस्थानमा आगजनी समेत गरेका उनले बताए । रासस
 


Author

थप समाचार
x