विश्व

इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ, पक्राउ पर्नेमा अधिकांश अफगानी

इकागज |
साउन १२, २०७८ मगलवार २१:२५ बजे

इस्तानबुल -  टर्कीको प्रहरीले टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ गरेको अनादोलु न्यूज एजेन्सीले मंगलबार सम्प्रषित समाचारमा उल्लेख छ । 

इस्तानबुल प्रहरी बलले जुलाई १५ देखि २५सम्म इस्तानबुल र वरपरका ११ जिल्लाहरूमा अनियमित प्रवासीलाई खोज्ने अभियान चलाएको र यस क्रममा ७०९ जना आप्रबासीलाई अबैधरूपमा लुकेर बसीरहेको अवस्थामा पक्राउ गरेको बताएको छ । 


टर्कीले हालै अफगानिस्तानबाट आएका शरणार्थीहरूको सङ्ख्या आफ्नो मातृभूमिमा बढेको र यसका कारण हिंसा र अशान्ति बढिरहेको महशुस गरेको बताएको छ । (रासस)
 


Author

थप समाचार
x