विश्व

भारतमा बसलाई रेलले ठक्कर दिँदा १८ जनाको मृत्यु

इकागज |
साउन १३, २०७८ बुधवार ८:२३ बजे

काठमाडौँ : भारतमा रोकिराखेको बसलाई रेलले ठक्कर दिँदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । उत्तर प्रदेशको बाराबंकी जिल्लाको लखनउ–अयोध्या रोडमा मंगलबार राति रेलको लिक नजिकै रोकिराखेको बसलाई रेलले ठक्कर दिँदा १८ जनाको मृत्यु भएको हो ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार बस रेलको लिक नजिकै रोकिएका बेला रेल आएपछि ठक्कर दिएको थियो । रेलले ठक्कर दिएपछि केही समय सडक नै अवरुद्ध भएको थियो । 



Author

थप समाचार
x