विश्व

चीनमा बढ्न थाले कोभिड सङ्क्रमित

इकागज |
साउन १८, २०७८ सोमबार १४:३८ बजे

काठमाडौँ -  चीनमा कोभिड भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोभिड भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरू भेटिनेक्रम बढेको बताइएको छ । चीनमा आइतबार कोभिड भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ । ती व्यक्तिहरू चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ ।

चीनको जाङ्सुमा मात्र स्थानीयरुपमै सङ्क्रमण भएका ४० जना सङ्क्रमित भेटिएका बताइएको छ । त्यसैगरी हुनान, लियानिङमामा अरु सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रमा विगतका केही दिनदेखि निरन्तररुपमा नयाँ नयाँ सङ्क्रमित देखिने गरेका छन् । चीनभित्रै सङ्क्रमणका नयाँ सूचनाहरू आइरहेका ती अधिकारीहरूले जनाएका छन् । स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ ।


सोही कारणले चीनले पछिल्लो समयमा कोभिडको परीक्षणलाई तीव्रता दिएको छ । चीनले कोभिड निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच शुरु गरेको छ । यहाँ पछिल्ला हप्ताहरूमा हेलिङजाङ, हेइबेइ, सङ्घाइमा पनि सङ्क्रमित देखिएका छन् । देशभित्रै अर्थात् स्थानीयरुपमै चीनमा सङ्क्रमितहरू देखिन थालेपछि ती क्षेत्रहरूमा निको भएका बिरामीहरूमा पनि यहाँका स्थानीय स्वास्थ्य अधिकारीहरूले ध्यान दिन थालेका छन् । उनीहरूको पुनःस्वास्थ्य परीक्षण गर्ने काम केही महिनायतादेखि नै थालेको जनाएको छ । रासस


Author

थप समाचार
x