विश्व

भारतमा झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिए

इकागज |
साउन २१, २०७८ बिहीबार १५:५९ बजे

नयाँ दिल्ली - भारतमा कोभिडका थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । 

सोही अवधिमा अरु ५३३ जनाको कोभिडका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोभिडबाट सङ्क्रमित भएर पनि पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४१ हजार ७२६ रहेको छ ।


मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म कुल तीन करोड १८ लाख १२ हजार ११४ जना सङ्क्रमित भएका छन् ।  कूल सङ्क्रमितमध्ये तीन करोड नौ लाख ७४ हजार ७४८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण चार लाख २६ हजार २९० जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ४८ लाख मानिसको परीक्षण गरिएको छ भने ४८ करोड ९३ लाख मानिसलाई कोभिडविरुद्धको खोप लगाइएको छ । रासस
 


Author

थप समाचार
x