विश्व

क्षेत्रीय देशसँगको सम्बन्ध सुधार गर्नेछु : राष्ट्रपति रायसी

इरानका नयाँ राष्ट्रपतिद्वारा संसद्समक्ष सपथ

इकागज |
साउन २१, २०७८ बिहिवार २१:४ बजे

काठमाडौँ - इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गरेका छन् । आर्थिक संकट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा उनले राष्ट्रपतिको जिम्मेबारी लिएका हुन् । 

इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै रायसी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा रायसीले एक करोड ७८ लाख मत प्राप्त ग रेका थिए । धेरै राजनीतिक अन्य प्रभावशाली नेतालाई निर्वाचन लड्न रोक लगाइएको र आधाभन्दा बढी मतदाता महामारी र असन्तुष्टिका कारण मतदानमा सहभागिता नजनाउदा नजनाउदै भएको निर्वाचनबाट उनलाई विजयी भएको घोषणा गरिएको छ ।


यो कार्य इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको छ। विश्वशक्ति राष्ट्रबीच २०१५ को आणविक सम्झौता गरेका मध्यमार्गी तत्कालिन राष्ट्रपति हसन रौहानीलाई उनले विस्थापित गरेका हुन् । रौहानीले दुई कार्यकाल राष्ट्रपति भएर इरानको नेतृत्व गरेका थिए । 

इस्लामिक गणतन्त्र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका अति विश्वास पात्रसमेत मानिने रायसीको चार वर्षे कार्यकाल बिहीबारदेखि शुरु भएको छ । इरानको न्यायपालिका पूर्व प्रमुखसमेत रहेका रायसीलाई मानवअधिकार उल्लङ्लन गरेको आरोपमा पश्चिमी मुलुकले चर्को आलोचना गर्ने गरेका छन् । 

निर्वाचित भएपछि रायसीले आफ्नो प्रमुख विदेश नीति क्षेत्रीय देशसँगको सम्बन्ध सुधार गर्ने रहेको जानकारी दिए। रायसी सन् १९६० मा इरानको मशहदमा जन्मेका हुन् । 


Author

थप समाचार
x