जुलाईमा बेरोजगारी दर ५.४ प्रतिशतमा झरेको अमेरिकाको दाबी
वासिङटन- अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत आइरहेको समय जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
महामारीका कारण उद्योगहरूले गरेको कष्टकर सङ्घर्षपछि पछिल्ला केही महिनामा उद्योगहरू सामान्य अवस्थामा फर्किने कसरत गरिरहेका छन् ।
केही अर्थशास्त्रीहरू महामारीका कारण अझै पनि लाखौं रोजगारीका अवसरहरू स्थापित हुन नसकेको बताइरहेका समय अमेरिकी श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले भने बेरोजगारीको दरमा आधा अङ्कले कमी आएको र ५.४ प्रतिशतसम्म कायम भएको देखाएको छ ।
कोभिड-१९ नियन्त्रणका लागि अमेरिकाले व्यापक खोप अभियान चलाएको र यसबाट महामारीलाई नियनत्रणको बाटोमा ल्याइएको सरकारको दावी छ । आर्थिक गतिविधि सामान्य हुन थालेपछि काममा जोडिने क्रमले गति लिन थालेको छ । तर अर्थतन्त्र महामारी पूर्वको स्तरभन्दा रोजगारीको सङ्ख्या अझै ५७ लाख कम रहेको छ ।
गैर-कृषि क्षेत्रमा रोजगारीका अवसरहरू अझै पूर्ववत अवस्थामा आउन नसकेको बताइएको छ ।
पर्यटन क्षेत्रमा खासै सुधार नदेखिएको भएपनि कृषि तथा सार्वजनिक शिक्षा क्षेत्रमा रोजगारीको दर क्रमशः तीन लाख ८० हजार र दुई लाख २० हजारले बढेको छ ।
अश्वेत कामदारहरूको रोजगार दर अघिल्लो महिनाबाट घटेर ८.२ प्रतिशत पुगेको छ यद्यपि श्रम शक्तिको सहभागितामा गिरावट चिन्तित देखिएको छ ।
“श्रम बजारमा पूर्णतया सुधार देखिएको छैन भन्ने अर्को संकेत अमेरिकामा अझै ४५ लाख मानिसहरू आंशिक समय काम गरिरहेको अवस्थाबाट थाहा हुन्छ, पूर्ण-समय काम पाउन सक्ने अवस्था अझै बन्न सकेको छैन ।” रिपोर्टमा भनिएको छ ।
जुलाईमा निर्माण क्षेत्रमा ११ हजार उत्पादन क्षेत्रमा २७ हजार रोजगारीका अवसर थपिएका छन् ।
प्रप्त पछिल्लो तथ्याङ्क अनुसार राष्ट्रव्यापी रूपमा प्रतिघण्टा औसत आय ११ सेन्टबाट ३०.५४ अमेरिकी डलर पुगेको छ । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया