विश्व

शक्तिशाली भूकम्‍पका कारण तीन सय बढीको मृत्यु

हाइटीमा एक महिने राष्ट्रिय आपतकाल घोषणा

इकागज |
साउन ३१, २०७८ आइतबार ७:१ बजे

तस्बिरः एपी

काठमाडौँ - हाइटीमा गएको शक्तिशाली भूकम्पमा तीन सय बढीको ज्यान गएको छ । हालसम्‍म ३०४ जनाको ज्‍यान गएको पुष्‍टि भएक‍ो छ भने १८ सयभन्‍दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

स्थानीयसमयअनुसार शनिबार बिहान हाइटीको पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण सर्वसाधारणका घरसहित व्यापारिक भवन, चर्च तथा होटलहरू भत्किएको समाचारमा उल्‍लेख छ। हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर क्षति भएको बताउँदै एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । 


हाइटीमा सन २०१० मा पनि शक्‍तिशाली भूकम्प गएको थियो । जसमा लाखौँले ज्यान गुमाएका थिए । २०१० को भूकम्पले क्षति पुर्‍याएको हाइटीमा पुनर्निमार्णको कामसमेत पूरा नहुँदै पुन: शक्तिशाली भूकम्प गएको हो । 
 


Author

थप समाचार
x