भारतमा आज ७५औँ स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौँ - भारतमा आज ७५औँ स्वतन्त्रता दिवस मनाइँदै छ । भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले बिहानै सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन् । उनले राजघाट पुगेर महात्मा गान्धीको समाधिमा फूल चढाएर त्यसलाई परिक्रमा गरेका छन् । केही बेरमा उनी दिल्लीस्थित लालकिल्लाबाट देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । उनी लालकिल्ला पुगिसकेका छन्
Greetings to you all on Independence Day.
— Narendra Modi (@narendramodi) August 15, 2021
आप सभी को 75वें स्वतंत्रता दिवस की बहुत-बहुत बधाई। आजादी के अमृत महोत्सव का यह वर्ष देशवासियों में नई ऊर्जा और नवचेतना का संचार करे।
जय हिंद! #IndiaIndependenceDay
भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो । सोही मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया