विश्व

आफगान सरकारको पकडमा काबुल मात्रै, सबै मुख्य सहरमा तालिबानको कब्जा

इकागज |
साउन ३१, २०७८ आइतबार ९:५२ बजे

काठमाडौँ - अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका अधिकांश मुख्य सहरमा कब्जा जमाएका छन् । देशका सबै मुख्य सशरमा कब्जा जमाउँदै उनीहरू काबुल नजिकै आइपुगेको बीबीसीले जनाएको छ । तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन् ।

आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन् । अफगान सुरक्षाकर्मीले प्रतिकारबिनै जलालावाद सहर​ तालिबानलाई सुम्पिएको बीबीसीले जनाएको छ ।


शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको महत्वपूर्ण सहर मजर-इ- सरिफमा कब्जा जमाएका थिए। अब अफगान सरकारको पकडमा राजधानी काबुल मात्रै बाँकी रहेको समाचार मा उल्‍लेख छ ।


Author

थप समाचार
x