विश्व

अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे

इकागज |
साउन ३१, २०७८ आइतबार १९:५९ बजे

फोटो : गेट्टी इमेज

काठमाडौँ - अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही समूह तालिबान राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेको बीबीसीले जनाएको छ ।

अमेरिकी लगायतका विदेशी नागरिक काबुल छाड्न विमानस्थलमा लाइनमा लागिरहेका बेला घानीले पनि आफ्नो मुलुक छाडेको हुन् । घानीले अफगानिस्तान छाडेको खबरको पुष्टि अफगानी राष्ट्रिय मेलमिलाप परिषद्का प्रमुख अब्बदुल्लाह अब्बदुल्लाहले गरेका छन् । 


‘अफगानिस्तान कठिन स्थितीमा रहेका बेला राष्ट्रपति घानीले मुलुक छाडेका छन् । उनमा जवाफदेहिता देखिएन,’ अब्बदुल्लाहले एक भिडियो सन्देशमा भनेका छन् । घानी सन् २०१४ देखि अफगानिस्तानका राष्ट्रपति छन् ।  

तालिबानले देशका मुख्य शहर कब्जा गरेर काबुल समेत नियन्त्रणमा लिने प्रयास गरेर सत्ता हस्तान्तरणका लागि बारम्बार आग्रह गरेपछि राष्ट्रपति घानीले देश छाडेको बीबीसीले जनाएको छ । काबुलमा तालिबानको प्रवेशपछि राष्ट्रपति घानीलाई राजीनामा गरेर सत्ता हस्तान्तरण गर्नुपर्ने दबाब बढेको छ । 

 


Author

थप समाचार
x