अफगानिस्तान संकट
देश छाडेका अफगान राष्ट्रपति घानी ताजकिस्तान लागेका हुन् ?
फोटो : रोयटर्स
काठमाडौँ - विद्रोही समूह तालिबान राजधानी काबुल प्रवेश गरेपछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति असरफ घानी ताजकिस्तान लागेका बताइएको छ । अलजजीराका अनुसार घानी ताजकिस्तानका लागि काबुलबाट उडेको दाबी गरेको छ ।
अफगानी राष्ट्रिय मेलमिलाप परिषद्का प्रमुख अब्बदुल्लाह अब्बदुल्लाहले घानी देश छाडेर ताजकिस्तानका लागि उडेको बताएका हुन् । यद्यपी तालिबानले भने घानीले देश छाडेको विषयमा गम्भीर चाँसोका साथ बुझ्ने काम गरिरहेको छ । घानीले देश छाडेपछि अब के गर्ने ? भन्ने विषयमा तालिबानले कुनै औपचारिक बोली सार्वजनिक गरेको छैन ।
तालिबानले अफगानिस्तानका २६ वटा राज्य कब्जा गरिसकेको अलजजीराले समाचारमा उल्लेख गरेको छ । त्यसमध्ये काबुल पनि तालिबानको कब्जामा रहेको दाबी गरिएको छ ।
र, यो पनि
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया