विश्व

एक जना संक्रमित भेटिएपछि न्युजिल्यान्डमा फेरि लकडाउन

इकागज |
भदौ १, २०७८ मंगलबार १४:३९ बजे

काठमाडौँ-६ महिनामा पहिलो कोभिड–१९ संक्रमित भेटिएपछि न्युजिल्यान्डमा लकडाउन घोषणा गरिएको छ । न्युजिल्यान्डकै सबैभन्दा ठूलो सहर अकल्यान्डमा एक व्यक्तिमा कोभिड संक्रमण भेटिएपछि पुरै देशभर लकडाउन गरिएको हो ।  

न्युजिल्यान्डकी प्रधानमन्त्री जाकिन्डा आर्डेनले तीन दिनका लागि लकडाउन जारी गरेकी हुन् । मंगलबार जारी गरिएको सूचनाअनुसार न्युजिल्यान्डमा बुधबारबाट तीन दिनका लागि लकडाउन गरिएको हो । यद्यपि अकलयान्ड र अर्को तटिय सहर कोरोमान्डेलमा भने लकडाउन सात दिनसम्म जारी रहनेछ । 


रोयटर्सका अनुसार लकडाउन अवधिभर विद्यालय, कार्यलय तथा समपूर्ण व्यापार व्यावसाय बन्द रहनेछन् । अत्यावश्यक सेवा भने खुलै रहनेछ । ती संक्रमितमा कोभिडको कुन भेरिएन्ट भेटिएको भन्ने बारे अनुसन्धान भइरहेको छ ।

न्युजिल्यान्डमा फ्रेबुअरी यता नयाँ संक्रमित भेटिएका थिएनन् । न्युजिल्यान्डमा हालसम्म करिब २५ सय जनामा काभिड संक्रमण देखिएको छ । संक्रमणमा परी मृत्य हुनेको संख्या भने २६ रहेको छ । न्युजिल्यान्डले अहिले पनि अन्तर्राष्ट्रिय यात्रुका लागि सीमा खोलिसकेको छैन । 


Author

थप समाचार
x