विश्व

जापाले मोर्डनाको खोप प्रयोगमा रोक लगायो

इकागज |
भदौ १०, २०७८ बिहीबार १८:४८ बजे

जापान - जापानले मोडेर्नाको खोप प्रयोगमा रोक लगाएको छ । मोडेर्नाको १६ लाख ३० हजार बराबर मात्राको खोप प्रयोगमा रोक लगाइको हो ।विभिन्न खोप केन्द्रहरुमा प्रयोग हुन बाँकी केही खोपमा बाह्य वस्तु मिसावट भएको रिपोर्ट आएपछि स्वास्थ्य  मन्त्रालयले बिहीबार सूचना जारी गरी यस्तो बताएको हो ।

मन्‍त्रालयका अनुसार यस विषयमा जापानमा मोडेर्नाको खोप विक्री वितरणको जिम्मा पाएको कम्पनीले अनुसन्धान गर्ने बाचा गरेको छ । असामान्‍य देखिएका खोपको कुनै पनि मात्रा प्रयोग नगर्न कम्पनीले खोप वितरण केन्द्रहरूलाई अनुरोध समेत गरेको छ ।


शंकास्पद बस्तु भेटिएका ३००४६६७, ३००४७३४ र ३००४९५६ लटका खोप हुन् । यो खोप लगाएका व्यक्तिहरुले प्रभावित खोप हो कि होइन भनेर जाँच्न सकुन भनेर स्वास्थ्य मन्त्रालयले खोपको लट नम्बर पनि सार्वजनिक गरेको हो । यो खोप प्रयोग गरेकाहरुमा ठूलो स्वास्थ्य समस्या देखिएको कुनै जानकारी नआएको र यी नम्बरका खोप प्रयोग गरेका कसैलाई स्वास्थ्य समस्या देखिए खोप केन्द्रमा जानकारी दिन समेत अनुरोध गरेको छ ।

जापानले मे महिनामा अनुमति दिएको मोडेर्ना खोप १ करोडभन्दा धेरै मात्राको खोप प्रयोग गरिसकेको छ ।

सरकारले कम्पनीसँग ५ करोड मात्रा खोपको लागि सम्झौता गरेको थियो । जापानमा १२ वर्ष वा सो भन्दा बढी उमेर समूहकालाई मोडेर्नाको खोप लगाइ रहेको थियो ।


Author

थप समाचार
x