विश्व

मेलबर्नमा लकडाउन हटाइँदै

इकागज |
असोज ४, २०७८ सोमबार ६:३५ बजे

मेलबर्न- सरकारी लक्ष्यअनुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ ।  

मेलबर्न शहरमा करिब ५० लाख मानिस गत अगस्ट ५ देखि घरमै बस्न आदेश दिइएको थियो । कोरोना महामारीको क्रममा मेलबर्न शहरमा यो छैठौँ पटकको लकडाउन हो । 


मेलबर्न पनि सामेल रहेको भिक्टोरिया राज्यका अधिकारी लकडाउन हटाइने घोषणा गरेका जनाइएको छ ।  

लकडाउन समाप्त हुनेछ अत्यावश्क कामका लागी तपाइँको घर छोड्न पाउने र कर्फ्यू अब रहने छैन, केही प्रतिबन्ध भने बाँकी रहने छ, मेलबर्नका एक स्वास्थ्य अधिकारीले बताएका छन् । 

लकडाउन समाप्त हुने र सीमित कारणका लागि घर छोड्नुपर्ने र कर्फ्यूको अवस्था अब नरहने पनि ती अधिकारीले जनाएका छन् । (एएफपी) 
 


Author

थप समाचार
x