विश्व

मनिलाका मेयरद्धारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी दिने

इकागज |
असोज ७, २०७८ बिहीबार ७:३० बजे

मनिला- फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उनले बुधबार औपचारिक गर्नु भएको हो । उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक र्‍याली निकालेका थिए ।  

नगरपालिका भित्रको अति गरिव क्षेत्रमा निकालिएको र्‍यालीपछि आयोजित घोषणा सभामा उनले आफू विजयी हुने दाबी गरे ।  लोकप्रिय युवा राजनीतिज्ञ डोमागोसोले सवैको साथले आफू विजयी हुने र सरकारलाई पनि सवै मिलेर सफल बनाउने विश्वास व्यक्त गरे ।


राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्ने उाी तेस्रो नेता हुन । यसअघि सिनेटर मन्नी पाक्वीयो र पान्फीलो लाक्सोनले पनि राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । (सिन्ह्वा)


Author

थप समाचार
x