विश्व

हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु

इकागज |
असोज ७, २०७८ बिहीबार २०:५० बजे

लागोस - नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले आज जानकारी दिएका छन् । ती अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको हो । 

राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाले राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो । त्यसमा परेर ती व्यक्तिको ज्यान गएको हो र अरु कैयौँ विरामी पनि परेका छन् । ती स्थानीय निकायहरुमा ११ हजार ११५ जनामा हैजा फेलिएको आशंका गरेर परीक्षण गरिएको थियो । तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए । 


अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेका बताइएको छ । हाल हैजाको प्रकोप देखिएका स्थानहरुमा स्वास्थ्य निगरानी राखिएको बताइएको छ । (रासस)
 


Author

थप समाचार
x