विश्व

‘डेल्टा भेरिएन्ट’ र आँधीबेहरीबीच अमेरिकी बेकारको दाबी फेरि बढ्यो

इकागज |
असोज ८, २०७८ शुक्रबार ६:३० बजे

वासिङटन- कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका लागि पर्ने निवेदनमा दरमा वृद्धि देखिएको बिहीबार श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

डेल्टा र आँधीका कारण पनि अघिल्लो दुई हप्ताभन्दा गत हप्ता  १६ हजार व्यक्तिले बेरोजगार बनेका कारण सहयोग माग गरी निवेदन दिएका छन् । यो  विश्लेषकहरूको अपेक्षाभन्दा धेरै माथि हो । 


सन् २०२० को मार्चमा महामारी सुरु भएपछि श्रम बजारको अवस्था नजिकबाट नियाल्दा यस वर्षको अधिकांश समय ह्रास हुँदै आएको छ । हालैको आँधी र कोभिडको डेल्टा भेरिएन्टले अमेरिकी अर्थतन्त्रलाई लगभग एक महिनाअघिको स्तरसम्म पुर्‍याइदिएको छ । 

डेल्टा भेरिएन्टको अवरोधको सङ्केतको सट्टा गत हप्ताको वृद्धि तथ्याङ्कमा मौसमी समायोजन र आइदा आँधीको प्रभावको परिणाम हुनसक्ने सम्भावना बढी भएको ‘प्यान्थियन माइक्रोइकोनोमिक’ का आर्थिक विश्लेषक इयान सेफर्डसनले बताए ।

उनका अनुसार राज्य बेरोजगारी कार्यालयहरूमा पुग्नमा नै आँधीका कारण अवरोध उत्पन्न भएका कारण पनि बेरोजगारी दरमा वेद्धि देखिएको हो ।

बेरोजगार भएका निवेदन आउने प्रवृत्ति बिस्तारै घट्दै जानेछ तर मौसमी कामहरूले गर्दा नोभेम्बरसम्म बेरोजगारी दरमा देखिएको वृद्धि रोकिने सम्भावना रहेको उनको विश्लेषण छ । (एएफपी) 


Author

थप समाचार
x