विश्व

फ्रान्सका पूर्वप्रधानमन्त्रीको नयाँ राजनीतिक पार्टी

इकागज |
असोज २५, २०७८ सोमबार ८:४५ बजे

पेरिस- फ्रान्सका पूर्व प्रधानमन्त्री एडुआर्ड फिलिपले नयाँ राजनीतिक पार्टीको खोलेका छन् । पूर्वप्रधानमन्त्री फिलिपले  शनिबार हाभ्रेमा नयाँ पार्टी बारे जानकारी दिदै भने- 'हामीले बनाएको पार्टीको नाम होराइजन्सको हो । टाढा-टाढासम्म देख्नका लागि  र राम्रो काम गर्नका यो आवश्यक छ ।'

फिलिप हाभ्रेका पूर्व मेयरसमेत हुन् । आफ्नो पार्टीको रणनीतिक लक्ष्यका बारेमा प्रष्ट पार्दै फिलिपले भन्नुभयो- देशको दीर्घकालीन रणनीति र विकासको लक्ष्यका निम्ति टाढा-टाढासम्म देख्नसक्नुपर्छ । 'तपाइँले टाढा हेर्नुपर्छ, किनकि यदि तपाइँ साँच्चै देशको रणनीतिका बारेमा सोच्न चाहानुहुन्छ भने २०५० सम्ममा तपाइँ आफ्नो अगाडि मात्र होइन टाढा-टाढा सम्म हेर्नुहोस्' नेता फिलिपले भने । 
उनले आफ्ना समर्थकहरूलाई नयाँ राजनीतिक विकल्पको निर्माणमा भाग लिनका लागि समेत आह्वान गर्दै देशलाई माया गर्न र समुन्नत बनाउँन समेत आग्रह गरेका छन् । 


पूर्व प्रधानमन्त्रीले फिलिपले आगामी राष्ट्रपति चुनावमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई समर्थन गर्ने बताउँनुभएको छ।  नेता फिलिपले २०२२ निर्वाचनमा राष्ट्रपति इमानुएल म्याक्रोनलाई पुनः निर्वाचित  गराउँन आफू प्रतिबद्ध रहेको समेत बताएका छन् । 

होराइजन्स पार्टी अर्को चुनावका लागि तयार हुनेछ र नेता फिलिपलाई सन् २०२७ को चुनावमा राष्ट्रपतिको उमेद्वार बनाउनेछन् । (सिन्ह्वा)


Author

थप समाचार
x