विश्व

आईएसका वरिष्ठ सदस्य सामी जसिम गिरफ्तार

इकागज |
असोज २५, २०७८ सोमबार २०:४० बजे

बग्दाद - इराकी प्रधानमन्त्री मुस्तफा अल-कादिमीले इस्लामिक स्टेट (आईएस) का उच्चपदस्थ सदस्य सामी जसिमलाई इराक बाहिरको कारबाहीमा सोमबार गिरफ्तार गरेको घोषणा गरेका छन् ।    

इराकको गुप्तचर सेवाले आईएसको आर्थिक मामिलाको जिम्मा र पूर्व आईएस नेता अबु बकर अल-बगदादीका डेपुटी जसिमलाई गिरफ्तार गर्न देश बाहिर एउटा जटिल अभियान चलाएको प्रधानमन्त्रीले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् । 


अल कादिमीले कहिले र कहाँ ठ्याक्कै उक्त अपरेशन भयो भन्ने बारे थप विवरण भने बताएका छैनन् ।   इराकी संयुक्त अपरेसन कमाण्डले जारी गरेको विज्ञप्तिका अनुसार जसिमलाई इराकको सिमाना बाहिर एक अपरेशनमा थप विवरण नदिई पक्राउ गरिएको थियो।
   
कमाण्ड स्टेटमेन्टका अनुसार जसिम चरमपन्थी समूह चलाउने र समूहका वर्तमान नेता अब्दुल्लाह कारादाशको कमिटिको नजिक छन्। (रासस)
 


Author

थप समाचार
x