विश्व

ट्युनिसियाली प्रधानमन्त्रीद्वारा नयाँ सरकार तम्तयार रहेको घोषणा

इकागज |
असोज २६, २०७८ मंगलबार ६:३६ बजे

ट्युनिस - ट्युनिसियाकी नवनियुक्त प्रधानमन्त्री नजला बौडेन रोमधानेले सोमबार आफ्नो सरकार तम्तयार रहेको घोषणा गरेकी छन्। कार्डेज दरबारमा आयोजित एक समारोहमा बौडेन र उनका मन्त्रिपरिषद्का सदस्यहरूले राष्ट्रपति कैस सइदसमक्ष सपथ लिएका छन् । 

चौबीस सदस्यीय नयाँ मन्त्रिपरिषद्मा आठ महिलासहित एक राज्यमन्त्री  छन् । सपथपछि संक्षिप्त मन्तव्य दिँदै रोमधानेले आफ्नो लक्ष्य 'आत्मविश्वास र आशा पुनःस्थापित गर्ने र नागरिकहरूको आर्थिक र स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्ने' रहेको बताइन् ।


गत सेप्टेम्बर २९ मा सइदले रोमधानेलाई प्रधानमन्त्री नियुक्त गरेपछि हिचेम मेचिचीलाई पदबाट हटाएर २५ जुलाईमा जनप्रतिनिधिहरूको सभा (संसद्) को सबै गतिविधि निलम्बन गरेका थिए । 


Author

थप समाचार
x