विश्व

लेबनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली चल्दा ६ जनाको मृत्यु, दजनौं घाइते

इकागज |
असोज २९, २०७८ शुक्रबार ७:५२ बजे

बेरुत - लेबनानको राजधानी बेरुतमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनमा गोली चल्दा ४० जना घाइते भएका छन् ।

ती न्यायाधीशले गत वर्ष तटीय सहरमा २१९ जनाको मृत्यु हुने गरी भएको विस्फोटबारे भइरहेको अनुसन्धानलाई अगाडि बढाइरहेका छन् । 


शुक्रबारको प्रदर्शनमा लेबनिज फोर्सेस (एलएफ) समर्थक क्रिश्चियन बन्दुकधारीले गोली चलाएको हेजबोल्लाह र आमलले आरोप लगाएका छन् । तर, एलएफले सो आरोप अस्वीकार गरेको छ ।

अदालत परिसरबाहिर सयौँ हेजबोल्लाह समर्थकले न्यायाधीश तारेक बितारलाई हटाउन माग गर्दै प्रदर्शन गरेका थिए । अनुसन्धानमा राजनीतिक गन्ध मिसिएको उनीहरुको दाबी थियो ।

स्वचालित राइफल सहितका हतियारधारीले प्रदर्शनकारीलाई अन्धाधुन्दा गोली चलाएका थिए । गोलीको आवाज चलेपछि स्थानीय व्यक्ति घरबाट भागेका थिए ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x