विश्व

अफगानिस्तानको मस्जिदमा विष्फोट हुँदा ३७ जनाको मृत्यु

इकागज |
असोज २९, २०७८ १८:४२ बजे

काठमाडौँ - अफगानिस्तानमा एक मस्जिदमा आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रमा रहेको कान्दाहर सहरको मस्जिदमा बम विष्फोट हुँदा ३७ जनाको मृत्यु भएको बीबीसीले जनाएकाे छ ।

विष्फोटमा ७० जना घाइते भएका छन् । विष्फोट कान्दाहारको इमाम बारगाह मस्जिदमा भएको हो। विष्फोट कसले गराएको हो भन्ने खुलेको छैन । 




Author

थप समाचार